सुर्खेत । मंगलबारदेखि मौसममा सुधार हुँदै जाने जल तथा मौसम पुर्वाअनुमान महाशाखाले जनाएको छ ।
आज दिउँसो कर्णालीसहित अन्य केही प्रदेशमा फाटफुट बर्षा भएपनि मौसममा सुधार हुँदै जाने जल तथा मौसम विज्ञान कार्यालय कोहोलपुरले जनाएको छ ।
देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश १, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशहरूका थोरै स्थानहरूमा मेघ गर्जन÷चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
राती प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहनेछ । प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशहरूका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जनाइएको छ ।
दिउँसोदेखि मौसममा सुधार हुने
दिउँसोदेखि मौसममा सुधार हुने
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
