सुर्खेत । निर्वाचनलाई निष्पक्ष बनाउन पत्रकारहरुले दिने सुचना र समाचार महत्वपूर्ण हुने भन्दै त्यही अनुसार रिपोर्टिंङ गर्न आफुहरु प्रतिवद्ध रहेको कर्णालीका पत्रकारहरुले बताएका छन ।
मिडिया एक्सन नेपालले अयोजना गरेको निर्वाचनको निष्पक्ष रिपोर्टिंङ सम्बन्धी एकदिने अविमुखिकरण तालिममा सहभागी भएका पत्रकाहरुले दुस्प्रचार र घृणायुक्त अभिव्यक्तिको रोकथाम गर्नेगरी सुचना र समाचार पस्कीने प्रतिबद्धता जनाएका हुन् ।
पत्रकार महासंघ सुर्खेत शाखाका अध्यक्ष ललित बसेलले अभिमुखीकरण कार्यक्रमले निर्वाचनको बेला पत्रकाहरुलाई रिपोर्टिङ र समाचार तयार गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
अभिमुखिकरणले कर्णालीका पत्रकारहरुमा निर्वाचन सम्बन्धी रिपोर्टिंङ्ग गर्दा थप सहयोग हुने र सत्य तथ्य, निस्पक्ष समाचारमा तयार गर्नमा मद्दत पुग्ने भन्दै पत्रकारले समाचार रिपोर्टिङ गर्दा निर्वाचन आचारसहिंतालाई ख्याल गर्नुपर्नेमा जोड दिनुभयो ।
पत्रकार सिर्जना बुढाथोकीले मिडिया एक्सनले निर्वाचन सम्बन्धी दिएको अभिमुखीकरणले समाचार तयार गर्दा सहज बनाएको बताउनुभयो । उहाले आगामी दिनमा पनि यस्ता अविमुखिकरण र तालिमहरुको आवश्यकता रहेको औल्याउनुभयो ।
यस्तै, मिडिया एक्सन नेपालका अध्यक्ष लक्ष्मणदत्त पन्तले निर्वाचनको समयमा पत्रकारहरुले गर्न हुने र नहुने क्रियाकलापहरुको बारेमा जानकारी दिनुभएको थियो ।
पत्रकारले जहिले पनि समाजमा हिंसा नफैलिनेगरी सुचना र समाचार दिनुपर्ने भन्दै त्यसको लागि पत्रकार आचारसहिंता र कानुनी व्यवस्थालाई ख्याल गर्न सुझाव दिनुभयो ।
यस्तै, द हिमालय टाईम्सका सम्पादक राजन पोखरेलले निर्वाचनको समयमा कसैलाई पनि ठेस नपुर्याउनेगरी निश्पक्ष समाचार लेखन गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा हेल्थ टिभि अनलाइनका सम्पादक कल्पना आचार्य र मिडिया एक्सन नेपाल कर्णाली प्रदेशका संयोजक ललित बुढाले पनि अविमुखिकरण कार्यक्रमको सहजीकरण गर्नुभएको थियो ।
मिडिया एक्सनले सातै प्रदेशमा निर्वाचन रिपोर्टिंगसँग सम्बन्धी अभिमुखीकरण तालिम दिने जनाएको छ । जस अन्तरगत आज कर्णाली प्रदेशको राजधानी सुर्खेतमा पत्रकारहरुलाई अविमुखिकरण दिइएको हो ।
अभिमुखीकरणमा तालिममा कर्णालीका विभिन्न संचारमाध्यममा कार्यरत २० जना पत्रकारहरूको सहभागिता रहेको थियो ।
निर्वाचनलाई निष्पक्ष बनाउन पत्रकारहरुले आचारसहिंता पालना गर्नुपर्ने सुझाव
निर्वाचनलाई निष्पक्ष बनाउन पत्रकारहरुले आचारसहिंता पालना गर्नुपर्ने सुझाव
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
