सुर्खेत । लैङ्गिक हिंसाको स्वरुपमा मात्रै परिवर्तन भएको भन्दै हिंसा न्युनिकरण हुन नसकेको सरोकारवालाहरुले बताएका छन ।
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानका आवाज संस्था सुर्खेतद्वारा संचालिन बाल बिवाह रोकथाम तथा व्यवस्थापनका लागि बालिकाको नेतृत्व परियोजना अन्तरगत मंगलबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा सहभागी सरोकारवालाहरुले यस्तो बताएका हुन ।
उनिहरुले समाजमा पहिलेको तुलनामा लंैगिक हिंसाको स्वरुपहरु बदलिंदो रुपमा आईरहेको बताउँदै पछिल्लो समय सामाजिक सञ्जाल तथा अन्य अनलाइनमा समेत लैङ्गिक हिंसाहरु हुन थालेको बताए ।
आवाज संस्थाका कार्यकारी निर्देशक पवित्रा शाहीले लैङ्गिक हिंसा विरुद्ध सचेतनाका कार्यक्रमहरु संचालन गर्नुपर्ने भन्दै हिंसा हुन नदिन प्रतिवाद गर्नुपर्नेमा जोड दिनुभयो ।
कर्णालीमा मानव अधिकार रक्षक र मानव अधिकारको अवस्थाका बारेमा ईन्सेक क्षेत्रिय प्रतिनिधि नारायण सुवेदीले जानकारी गराउदै अहिले पनि हिंसाबाट धेरै व्यक्तीहरु प्रभावित भएको बताउनुभयो ।
त्यसैगरी समाजमा लैंगिक हिंसाको अवस्थाका बारेमा सिनियर मनोविमर्शकर्ता निशा पौडेलले जानकारी गराउनु भएको थियो । कार्यक्रममा विभिन्न क्षेत्रका सरोकारवालाहरुको सहभागिता रहेको थियो ।
लैङ्गिक हिंसाको स्वरुपमा परिवर्तन भयो, हिंसा अझै कायम छः सरोकारवाला
लैङ्गिक हिंसाको स्वरुपमा परिवर्तन भयो, हिंसा अझै कायम छः सरोकारवाला
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
