सुर्खेत । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय कर्णाली प्रदेशले आफ्नो तिन महिनाको प्रगती सार्बजनिक गरेको छ ।
कार्यालयले आज सुर्खेतमा दोस्रो त्रैमासिक प्रगती सार्बजनिक गर्दै ४१ दशमलव ९० प्रतिशत लक्ष्य पुरा गरेको जनाएको हो ।
जसअन्तर्गत कार्यालयले ४१ दशमलव ९० प्रतिशत भारित प्रगति र ३० दशमलव ७७ प्रतिशत वित्तीय प्रगति भएको जनाइएको छ ।
कार्यालयका निमित्त प्रमुख भेष बहादुर थापाका अनूसार पहिलो त्रैमासिकमा कार्यालयले ४० दशमलव ६७ प्रतिशत भारित प्रगति र ५६ दशमलव ६८ प्रतिशत वित्तीय प्रगति गरेको थियो ।
कार्यालयले गुणस्तरीय खाद्यान्न उपयोग गर्ने नागरिकको अधिकारलाई ध्यानमा राख्दै बजार अनुगमनसँगै उपभोक्ता सचेतनाका कार्यक्रमलाई बढवा दिएको थापाले बताउनुभयो ।
कार्यालयले तिन महिनामा प्रदेशभर खाद्य बजार ३४, खाद्य उद्योग २९, दाना बजार २, दुध, तेल, पानी उत्पादन गर्ने उद्योग १९, होटल÷ रेष्टुरेन्ट, मिठाइ पसल ३३ गरी एक सय १४ वटा दैनिक उपभोग्य वस्तुको अनूगमन गरेको जनाएको छ ।
अनूगमनका क्रममा कार्यालयले ६ लाख ८५ हजार ७ सय मूल्य बराबरको खाद्य पदार्थ जफत गरी नष्ट गरेको छ । भने ६ महिनामा ८ लाख २० हजार २ सय मूल्यको खाद्य नष्ट गरेको निमित्त प्रमुख थापाले बताउनुभयो । अहिले दैनिक उपभोग्य वस्तुको ल्याबमा मापन भइरहेको पनि उहाँको भनाइ छ । कार्यालयले हालसम्म एक लाख ९२ हजार राजस्व संकलन गरेको छ ।
कार्यालयले प्रदेशभर हेर्ने जिम्मेवारी दिइएको भएपनि भौगोलिक विकटता, सीमित श्रोत साधन र कर्मचारी अभावका कारण काम गर्न चुनौती रहेको थापाको भनाई छ ।
अहिले कार्यालयमा १० जना मात्रै कर्मचारीहरूले काम गरिरहेका छन् । जबकि कार्यालयमा २१ जनाको दरबन्दी रहेको छ । ११ दरबन्दी रिक्त रहेको छ ।
यस्तै, कार्यक्रममा कर्णाली प्रदेशका प्रमुख सचिव गोपि कृष्ण खनालले पनि उपभोक्ताको हितका लागि कार्यालयले राम्रो काम गरेको भन्दै आगामी दिनमा अझै अनुगमन तथा गुणस्तर मापनलाई जोड दिनुपर्ने बताउनुभयो ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय कर्णाली प्रदेशको प्रगती सार्बजनिक
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय कर्णाली प्रदेशको प्रगती सार्बजनिक
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
