रुकुम पश्चिम । रुकुम पश्चिममा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । भने दुई जना घाइते भएका छन् ।
हिजो बेलुका सानीभेरी गाउँपालिका–९ हाँसीबाङको खारखोलामा रा १ त ३७९० नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा मुसिकोट नगरपालिका–१४ का १८ वर्षीय हेमराज ओलीको मृत्यु भएको हो ।
दुर्घटनामा मुसिकोट नगरपालिका–१४ का चन्द्रबहादुर खड्का र सानीभेरी गाउँपालिका–११ का शेरबहादुर परियार घाइते हुनुभएको छ ।
घाइते दुवैजनाको चौरजहारी मिसन अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये खड्काको अवस्था गम्भीर रहेकाले थप उपचारको लागि हेलिकप्टरमार्फत् अन्यत्र लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
रुकुम पश्चिममा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु
रुकुम पश्चिममा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
