काठमाडौै । इन्डियन प्रिमियर लिग आइपीएलको १३ औं सिजनको उपाधिकालागि साबिक विजेता गुजरात टाईटन्स र चेन्नई सुपर किंग्स भिड्दै छन्।
गुजरातको घरेलु मैदान नरेन्द्र मोदी क्रिकेट मैदानमा बेलुका पौने ८ बाट खेल सुरु हुनेछ। साबिक विजेता गुजरात चेन्नईलाई पराजित गर्दै लगातार दोस्रो पटक च्याम्पियन बन्ने योजनामा छ।
चेन्नई पनि गुजरातलाई पराजित गरि पाँचौ पटक च्याम्पियन बन्दै मुम्बईले सर्वाधिक पाँच पटक उपाधी उचालेको कीर्तिमानलाई बराबरी गर्न चाहन्छ। घरेलु मैदानमा खेलेको नौ मध्ये छ खेलमा गुजरात विजयी भएको छ भने चेन्नईले यस मैदानमा खेलेको तीन वटै खेलमा पराजित भएको छ।
गुजरातले सिजनको पहिलो खेलमा चेन्नईलाई यसै मैदानमा पराजित गरेको थियो भने पहिलो क्वालिफायर चेन्नईले गुजरातलार्इ हराएको थियो। पहिलो क्वालिफायरमा पराजित भएपनि दोस्रो क्वालीफायरमा मुम्बई इन्डियन्सलाई पराजित गरि गुजरातले फाइनलमा स्थान बनाएको हो।
