सुर्खेत । २० बर्ष मुनीको राष्ट्रिय रग्बी सेभेन्सको उपाधि कर्णाली रग्बी क्लब र हेटाँडा रगर्सले जितेका छन् ।
इलामको माई नगरपालिका–४ मा आज सम्पन्न प्रतियोगितामा पुरुषतर्फ कर्णाली र महिलातर्फ हेटाँडा विजयी भएको हो ।
कर्णालीले कटारी रग्बी क्लबलाई १५–५ अङ्कले तथा हेटौँडाले हिमालयन टाइगर रग्बी क्लबलाई १४–५ अडकले पराजित गर्दै उपाधि जितेको हो ।
विजेता दुवै टोलीले रु ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे । उपविजेता दुवै टोलीले रु ३० हजार, मेडल र प्रमाणपत्र पाए ।
प्रतियोगिताका विजेता तथा उपविजेतालाई माई नगरपालिकाका नगरप्रमुख खम्बसिंह लिम्बू, नेपाल रग्बी सङ्घका बरिष्ठ उपाध्यक्ष चेतनराज गिरी, महासचिव गोविन्द घिमिरे, उपाध्यक्ष किरण गिरी, केन्द्रीय सदस्य सन्तकुमार मेहतालगायतले पुरस्कारद प्रदान गर्नुभयो ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी पुरुषतर्फ कर्णालीका रोहन डङ्गोल र महिलातर्फ हेटाँडाकी पुष्पा खड्का घोषित हुनुभयो ।
दुवैजनाले जनही पाँच हजार पुरस्कार प्राप्त गर्नुभयो । नेपाल रग्बी सङ्घको आयोजनामा भएको उक्त प्रतियोगिताका लागि प्रदेश रग्बी सड़घ, जिल्ला रग्बी सड़ध इलाम र माई नगरपालिकाले सहजीकरण गरेको थियो ।
प्रतियोगितामा पुरुष र महिलातर्फ कोशी प्रदेशबाट कटारी रग्बी क्लब, मधेस प्रदेशबाट बर्दिबास रग्बी क्लब, बागमती प्रदेशबाट हेटौँडा रगर्स, कर्णाली प्रदेशबाट कर्णाली रग्बी क्लब र राष्ट्रिय क्लब हिमालयन टाइगर रग्बी सहभागी भएका थिए ।
रग्बी सेभेन्सको उपाधि कर्णाली रग्बी क्लबलाई
रग्बी सेभेन्सको उपाधि कर्णाली रग्बी क्लबलाई
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
