सुर्खेत । सुर्खेतकी नन्दा बस्यालले विश्व स्योङ्नाम हान्मादाङ अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिताको स्वर्ण पदक जित्नुभएको छ । बस्यालले फाइनल खेलमा इरानलाई हराउँदै स्वर्ण पदक जित्न सफल हुनुभएको हो ।
उक्त खेल प्रतियोगीताका लागि ५७ ओटा रास्ट्रको सहभागिता रहेको थियो। ती सबैलाई हराउँदै स्वर्ण पदक जितेसँगै सुर्खेतकी बस्यालले विश्वभर नै नाम कमाउन सफल हुनुभएको हो । बस्याल रास्ट्रिय खेलकुद परिषद् कार्यकारी सदस्य समेत रहनुभएको छ ।
