काठमाडौं, १५ साउन । आइतबार अर्थमन्त्री नियुक्त भएका जनार्दन शर्माले शपथ ग्रहणपछि साँझ नै पदभार ग्रहण गरेका छन् ।
राष्ट्रपति कार्यालयमा शपथ ग्रहणपछि अर्थमन्त्रालय पुगेका उनलाई राजस्व सचिव कृष्णहरि पुष्करले स्वागत गरे । अर्थ मन्त्रालयका सचिव मधु मरासिनी भने आइतबार अनुपस्थित छन् ।
राजश्व सचिव कृष्णहरि पुष्करले स्वागत गर्दै बजेट लेख्ने अर्थमन्त्री पुनः बजेट कार्यन्वयनका लागि आएको र मन्त्रालयले उनलाई सहयोग गर्ने बताए ।
बजेट निर्माणका क्रमम अनधिकृत व्यक्ति प्रवेश गराएको आरोप लागेपछि प्रतिनिधिसभाले २२ असारमा शर्मामाथि छानबिनका लागि संसदीय समिति गठन गरेको थियो । त्यसै दिन शर्माले पनि अर्थमन्त्रीबाट राजीनामा दिएका थिए ।
प्रधानमन्त्री शेर बहादुर देउवाले आजै अर्थमन्त्रीमा जनार्दन शर्मा नियुक्त गर्नुभएको थियो ।
यता, नेकपा एमालेले अर्थमन्त्रीमा नियुक्त भएका जनार्दन शर्माविरुद्ध सडक र सदनबाट विरोध गर्ने भएको छ ।
एमालेका प्रमुख सचेतक विशाल भट्टराईले संसदीय छानविन समितिको फरकमतलाई बेवास्ता गरेको भन्दै सडक र सदनबाट विरोध गर्ने जानकारी दिनुभयो ।
भट्टराईले बहुमतका नाममा अल्पमतलाई पेल्ने काम भएको भन्दै फरक मत लिएर जनताका बीचमा जाने बताउनुभयो । उहाले सडक र सदनबाटै आन्दोलन गर्ने समेत बताउनुभयो ।
आर्थिक वर्ष २०७९÷०८० को बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई अर्थ मन्त्रालयमा प्रवेश गराई राजस्वका दर हेरफेर गरेपछि विवादमा आएका शर्माले असार २२ गते अर्थमन्त्री पदबाट राजीनामा दिनुभएको थियो ।
तर संसदीय छानबिन विशेष समितिले बजेट निर्माणमा अनधिकृत व्यक्तिको सहभागी भएको नपाइएको निष्कर्ष निकालेको थियो ।
अर्थमन्त्रीमा नियुक्त भएका शर्माद्वारा पदभार ग्रहण
अर्थमन्त्रीमा नियुक्त भएका शर्माद्वारा पदभार ग्रहण
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
