सुर्खेत । आगामी मङ्सिर ४ गतेको लागि तोकिएको प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कर्णालीमा निर्वाचन चहलपहल शुरु भएको छ ।
ठूला दलका रुमा रहेका नेकपा एमाले, नेपाली कांग्रेस र माओवादी केन्द्रले प्रदेश तथा प्रतिनिधिसभा सदस्यका लागि सम्भावित उम्मेदवारको नाम सिफारिस गरिसकेका छन । भने निर्वाचनको चहलपहल पनि शुरु भएको छ ।
राजनीतिक दलहरुले गाँउगाँउमा निर्वाचन केन्द्रीत राजनीतिक कार्यक्रमहरु संचालन गर्न थालेका छन । नेपाली कांग्रेसले जनताको साथमा कांग्रेस अभियान शुरु गरेको छ ।
एमाले र माओवादीसहित अन्य पार्टीहरुले पनि प्रशिक्षण, भेटघाट लगायतका कार्यक्रमहरु गरेर निर्वाचन केन्द्रीत हुन थालेका छन । आफ्नो पक्षमा निर्वाचन परिणाम पार्न दलहरु गाउँ गाउँमा केन्द्रीत हुन थालेका छन ।
यता, नागरिकहरुले भने विकासलाई पहिलो प्राथमिकता राख्ने व्यक्तीलाई मात्रै भोट दिने प्रतिक्रिया दिएका छन ।
उनिहरुले विकास र जनताको लागि काम गर्ने व्यक्तीलाई मात्र मतदान गर्ने योजना गराएको बताएका हुन ।
सुर्खेत वीरेन्द्रनगरकी बाल कुमारी गौतमले मत मात्रै माग्ने होइन, आफुहरुका पनि समस्या समाधानमा लाग्नुपर्ने बताउनुभयो ।
जाजरकोट जुनीचाँदेका लाल बहादुर रावतले भ्रष्ट्राचार नगर्ने जनताका गुनासा सुन्नेलाई भोट हाल्ने भन्दै समाजको समग्र विकासको लागि काम गर्नेलाई मात्र भोट दिन आग्रह समेत गर्नुभयो ।
पाँच बर्षको लागि प्रतिनिधि छान्ने भएकाले सोच बिचार गरेर मात्र भोट हाल्ने योजना आफुहरुले बनाएको नागरिकहरुको भनाई छ ।
दलहरु निर्वाचन केन्द्रीत हुँदै
दलहरु निर्वाचन केन्द्रीत हुँदै
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
