दैलेख । दैलेख गुराँस गाउँपालिका वडा नम्बर ८ मा रहेकी एक बालिकाको तिन बर्षपछि जन्म दर्ता भएको छ ।
गुराँस गाउँपालिकामा रहेको नागरिक समाजको पहलमा वडा नम्बर ८ की ति बालिकाको जन्मदर्ता गरिएको हो ।
बालिकाको बुवाले जन्मदर्ता गराउन नमानेपछि उनको पठनपाठनमा समेत समस्या भएको थियो । त्यो समस्यालाई विभिन्न पहलबाट समाधान गरि जन्मदर्ता गर्न पाउने बालिकाको अधिकार सुनिश्चित गरिएको गुराँस गाउँपालिका नागरिक समाजका अगुवा इश्वरी खड्काले जानकारी दिनुभयो ।
बालबालिकाको क्षेत्रमा नागरिक समाज गुराँस गाउँपालिकाले वकालत बालबालिकाको हितमा काम गरेको भन्दै स्थानीय सरकार बालबालिकाप्रति गम्भिर हुनुपर्ने बताउनुभयो ।
बालिकाको बुवाले जन्म दर्ता गर्न नमानेको भन्दै नागरिक समाजको पहलमा बालिकाको जन्म दर्ता गर्न सफल भएको नागरिक समाजका सदस्य गोपिसरा ओलीले जानकारी दिनुभयो ।
नागरिक समाजको पहलमा बालिकाको जन्मदर्ता
नागरिक समाजको पहलमा बालिकाको जन्मदर्ता
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
