कर्णालीका निर्वाचनमा सहभागी दल तथा उम्मेद्वारलाई
मेरो नमस्कार । आराम छु, आराम चाहान्छु ।
आज यो पत्र म किन लेख्दै छु भने नेपालमा मिति २०७९ साल मंसिर ४ गतेका दिन हुन गइरहेको प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचनमा तपाईंहरुको उत्साहका साथ आफ्नो दलको भावि योजना, प्रतिद्धता र घोषणा–पत्र सहित निर्वाचनमा भाग लिनु भएकोमा बधाई दिन चाहान्छु ।
आदरणिय उम्मेद्वार अग्रज व्यक्तीत्वहरु । अहिले देश निर्वाचन माहोलमा छ । जताततै दलका घोषणा–पत्र एवम प्रतिवद्धताका विषयमा चर्चा भइरहेका छन् । जनभावना बुझ्दा पनि दल एवम् उम्मेदवारको भावी कार्ययोजना तथा पवितद्धता हेरेर नै आफनो मताधिकार प्रयोग हुने देखिन्छ । जसबाट आगामी निर्वाचनले प्रतिनिधी सभा तथा प्रदेश सभाका लागी नयाँ माननियहरु निर्वाचित हुने र सत्ताको बागडोर समाल्ने अधिकार प्रदान गर्ने छ । त्यही पनि तपाईहरुका घोषणा–पत्रमा जातिय विभेद, बाल विवाह, छाउपडी, लैङ्गिक हिंसा, यौन दुव्र्यवहार जस्ता सामाजिक मुद्धाले कम महत्व पाएको देखिन्छ । मेरो स्वर्ग जस्तो सुन्दर कर्णालीमा मेरो साथी कमलले खेल्दै गर्दा तल्लो जातको हो भनेर कत्ती हो कत्ती हेला सहेको छ । मेरो भाई कक्षा ८ मा प्रथम भएको थियो, ९ कक्षा पढ्दापढ्दै विवाह ग¥यो र अहिले काला पहाडे भएको छ । मेरो वहिनी आफनै घर भित्रै सुत्न पाउदैनिन न नियमित विद्यालय नै जान सक्छिन । ३ बर्ष अगाडी मात्रै विहे गरेकी मामाको छोरी अहिले दुधे बालक च्यापेर अदालत धाइरहेकी छिन । समाचारमा दिनदिनै आउने बलात्कारको घटनाले मेरो फुपुको छोरी डरले झस्कि रहन्छिन । म स्वयंम आफुलाई समाजको एक जिम्मेवार व्यक्ति ठान्दै गर्दा चिन्ता गर्दै गर्दा आफैमाथी धेरै प्रश्न आउछन । म कस्तो छोरा, कस्तो दाई, साथी अनी अभिभावक । दुख त यसमा लाग्छकी अंझैपनि २१ औं शताव्दीमा म र राज्यले हाम्रो समाजमा यस्ता अमानविय र अपराधीक कार्यहरु भइरहेको हेरीरहेको छौं । यहाहरुको आगामी कार्यकालले यी मैले उल्लेखित गरेका विषयलाई सम्बोधन गरियोस् । र कसैले पनि यस्ता समस्या भोगेको देख्न नपरोस् भन्न चाहान्छु ।
मैले यहाहरुको घोषणा पत्रहरु पढे, पुनः पढे ठोस रुपमा कर्णालीमा रहेका हानिकारक सामाजिक कु–संस्कार तथा कुप्रथाहरुः बालबिबाह, लैंगिक हिँसा, छाउपडी, बहुबिबाह, बाल श्रम, जातीय विभेदलाइ प्राथमिकतामा राखेको पाइन । मानविय विकास र भौतिक विकास दुबैलाई समानान्तर रुपमा गर्नुपर्र्नेे आजको कर्णालीको आवश्यकता भएकोले, भौतिक विकास र मानविय विकासको लागी सामाजिक कुप्रथाको अन्त्य र सभ्य नागरिकहरु निर्माण गर्न तपाईहरुको ध्यान जाने कुराको अपेक्षा सहित यो खुल्ला पत्रमार्फत ध्यानाकर्षण गराएको छु ।
जनभावनालाई सम्वोधन गर्नको लागी बाल विवाह, लैङ्गिक हिंसा, छाउपडी, वहुविवाह, बाल श्रम, यौन दुव्र्यवहार लगायत अन्य हानिकारक कुरिती एवं कुसंस्कारको अन्त्य गर्नमा प्रतिवद्ध हुनुपर्दछ । सम्मुनत कर्णालीका लागी अब हामीले कर्णालीको परिवेश र विषय वस्तुमा केन्द्रित रहेर नै योजना बनाऔं, उक्त योजनाहरुलाई प्रभावकारी रुपले कार्यन्वयन गर्न सकियोस् । आगमी दिनमा फेरी मेरो साथी, भाई, वहिनी, छोरी र दिदिहरु कसैले पनि अपहेलना, हिंसा, पिडा, दुव्र्यवहार, डर र त्रासपुर्ण जीवन बाच्न नपरोस । सभ्य र सम्बृद्ध कर्णालीको विकास गर्नका लागी सामाजिक मुद्धालाई केन्दविन्दुमा राखेर निर्वाचन कार्यक्रमहरु सम्वोधन गर्नका लागी सम्पुर्ण उम्मेरदवारहरुमा हार्दिक अनुरोध गर्दछु ।
हिक्मत बुढा क्षेत्री
सुर्खेत, कर्णाली पदेश