दैलेख । दैलेख क्षेत्र नम्बर १ अन्तरगत मतगणना करिब अन्तिम चरणमा पुगेको छ । अब महावु गाउँपालिका मात्रै गणना बाँकी रहेको मुख्य निर्वाचन कार्यालयले जानकारी दिएको छ ।
प्रतिनिधिसभातर्फ दैलेख क्षेत्र नम्बर १ मा पूर्व सहकर्मीहरुबिच कडा टक्कर देखिएको छ ।
यो क्षेत्रमा नेकपा एमालेका रविन्द्रराज शर्मा र नेकपा एकिकृत समाजवादीका अम्मर बहादुर थापा निर्वाचन प्रतिस्प्रधामा छन ।
पछिल्लो परिणाम अनुसार एकिकृत समाजवादीका थापाले शर्मालाई उछिन्नुभएको छ । थापाले १५ हजार १ सय ५० मतका साथ शर्मालाई पछाडी पार्नुभएको हो । एमालेका शर्माले भने १४ हजार ९ सय ४२ मत प्राप्त गर्नुभएको छ ।
त्यसैगरी राप्रपाका कुन्ती कुमारी शाहीले ४ हजार २ सय ६२ मत प्राप्त गर्नुभएको छ । यो क्षेत्रको प्रदेशसभा –क) तर्फ नेपाली काँग्रेसका पूर्ण बहादुर खत्री विजयी भइसक्नुभएको छ । भने प्रदेशसभा (ख) तर्फ मतगणना जारी छ । प्रदेश –ख) तर्फको पछिल्लो परिणाम अनुसार नेकपा एमालेका प्रेम बहादुर थापाले ६ हजार १ सय ९१ मत प्राप्त गरे झिनो अग्रता लिइरहनुभएको छ भने नेपाली काँग्रेसका कृष्ण कुमार विसीले ६ हजार ७७ मत प्राप्त गर्नुभएको छ ।
यस्तै, दैलेख निर्वाचन क्षेत्र नम्बर दुइको प्रतिनिधिसभा तर्फ नेपाली काँग्रेसका दिक्पाल शाहीले अग्रता कायमै राख्नुभएको छ । उहालाई नेकपा एमालेका लक्ष्मी प्रसाद पोख्रेलले पछ्याइरहनुभएको छ ।
प्रदेशसभा (क) तर्फ नेपाली काँग्रेसका घनश्याम भण्डारी जित नजिक पुग्नुभएको छ भने प्रदेशसभा (ख) तर्फ नेकपा माओवादी केन्द्रका योगेन्द्र शाहीले अग्रता लिनुभएको छ ।
दैलेख क्षेत्र नम्बर १ को मतगणना अन्तिम चरणमा, रविन्द्रलाई उछिने अम्मरले
दैलेख क्षेत्र नम्बर १ को मतगणना अन्तिम चरणमा, रविन्द्रलाई उछिने अम्मरले
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
