नेपाल हिमाल, पहाड अनि तराई क्षेत्र मिली बनेको अत्यन्तै सुन्दर देश हो । हिमालमा हिउँ परी ती पाटाहरु ढाकेर सेताम्मे देखिने, पहाडमा सुन्दर रुख, वृक्ष, हरियाली देखिने र तराईमा खेतका हरिया फाँटहरु देखिने भएको कारण नेपाल प्रकृतिले नै वरदान दिएको जस्तो लाग्छ ।
विहान मञ्जन, ब्रस गर्दै घरको आँगनमा उभिई हेरेँ, मैले त्यति ख्याल गरेको रहेनछु, वसन्त ऋतु सुरु भइसकेको रहेछ । आहा जंगल पनि हरिया रुख, वृक्षले भरिएर लाग्दै थियो कि नव दुलहीले सोह्र श्रंगार गरी विस्तारै आफ्नो घुम्टो खोल्दैछिन् ।पश्चिमतिरबाट त्यो सुन्दर जङ्गलका हरिया पातपतिङ्गरहरुलाई चुम्दै खुसी हुँदै आएको हावाकोशितल अनुभव मेरो कानमा, गालामा, निधारमा हुँदै आयो । मैले नलेखी बस्नै सकिन ।
बिहानीको किरण सँगै आशा, उत्साह र उमङ्ग बोकी आएको वसन्त ऋतु त्यसमा पनि पुराना पात फेरिईबोटमा नयाँ पालुवा पलाएको समय, लोभलाग्दा फूल सजिएका डाँडाकाँडा यीआँखाले जति हेरे पनि हेरौँ हेरौँ लाग्ने ती पुष्प वृक्ष सायद वसन्त बहार बाहेक अन्य मौसममा पाउन मुस्किलै होला । कहिलेकाहीँ सुर्यलाई बादलु लुकामारी गरी बेला बेलामा छोपिदिन्छन् । साँझमा सररबहने हावासँगै गोठीकाँडाको डाँडामा बसी सुर्खेत उपत्यका नियाल्न थालेँ । आकाशका तारा जस्ता देखिने ती सुर्खेत उपत्यकाका सिटी लाइटहरु अनि घरमा बालिएका बत्तीहरु हेर्दा सायद मनमा आभाष भइरहेथ्यो कियति धेरै चन्द्रमासँगै अनगिन्ती ताराहरु खुला आकाशबाट झरेर मैदानमा कसरी बसेका छन् ?
त्यो काफलको बोटमा फलिरहेका काफलका फल, चुत्राका कालाकाला दाना,ऐँसेलुले डाकिरहेको जस्तो अनुभव भइरहन्थ्यो ।प्रकृतिको अपार सौन्दर्यतामा मन बहलिएका मानिसहरुकोमन भुलाउने र चिन्ता, तनावबाट ग्रसित मनलाई प्राकृतिक हावा र पानीले तरङ्गित बनाई मनका सारा चिन्ताहरु भुली प्रकृतिमै रमाउनेमाध्यम बनेका छन् । प्रकृतिले बरदान दिएका प्राकृतिक सुन्दरताले हामी नेपालीलाई त मन्त्रमुग्ध बनाएकै छ, त्यति मात्र नभएर विदेशीहरु पनि नेपाल भनेर चिनेर घुम्न, यहाँका कलाकारिता, प्राकृतिक सम्पदाहरुलाई नजिकैबाट नियाल्नको लागि हरेक वर्ष हजारौँको संख्यामा आउने गर्दछन् । हाम्रो देश नेपालको क्षेत्रफल सानो भएर के भयो र यहाँका प्राकृतिक सुन्दरता, वनजंगल, नदी, ताल, पोखरी, झरना, हिमाल इत्यादीले नेपाललाई विश्वसामु धनी देशको रुपमा चिनाएका छन् ।
अपार प्रकृतिमासजिएका डाँडाकाँडा त्यसमा पनि वसन्त ऋतुले जंगलमाकाफल, तिजु, ऐसेलु, चुत्रा पाकेर सुगन्ध छरेका छन् । वनपाखामा प्रकृतिद्वारा आपसे आप सजिएका लालीगुराँस गुराँसे डाडोमा राताम्मे देखिन्छन् । त्यो देख्दा समेत मनमा प्रसन्नताको भाव पलाएरआउँछ ।दैलेख र सुर्खेतको पेरिफेरि जति हेरेपनि नथाक्ने यी नयनहरुले स्वतस्फुर्त रुपमा भर्खर पलाउँदै गरेका पालुवा अनि फुल्दै गरेका आलुबखडामा मौरी भुनभुनाएको दृष्यकहिल्यै पनि नभुल्ने गरी मनमै छाप बनाएर बसेका छन् ।
समय परिवेश पनि कस्तो ऋतु अनुसारको फरक फरक रहने रहेछ । फल्न फुल्नउर्वर भूमि पाएको ठाउँ गुराँसे आलुवालीको लागि प्रख्यात रहेको छ । प्रकृति मानिस बीचमा पनि कति गहिरो अन्तर सम्बन्ध । त्यसमा पनि अथाह सम्भावना बोकेको पावन भूमि गुराँसे डाँडाबाटमेरो गाउँ डाँडापराजुल सुन्दर ठाउँमा नयाँ बनाइएको डुङ्गेश्वर गाउँपालिकाको भवनले नजिकबाट चिन्न जो कसैलाई सहज पारिदिएको छ । गुराँसे बजारका साँघुरा गल्लीहरू, आकाशमा उडिरहेका चराका झुण्डहरुले जो कसैलाई आकर्षणगरिरहेकै छन् । आँखाले जति नियाले पनि नथाकिने रहेछ । प्रकृतिलाई एउटा राजमार्गको रुपमा समेत लिन सकिन्छ चिसो हावाचिसो पानी शितलताको महसुस दिलाउँछ । हाम्रो क्षेत्रलाई प्राकृतिकअनि सांस्कृतिक रुपमा चिनाउनको लागि साक्षात भगवानले पनि वरदान दिएकै जस्तो देखिन्छ ।प्रकृतिले निशुल्क रुपमा अथाहा कुरा दिएको छ ।
हाम्रो नेपालका विभिन्न स्थानमा प्राकृतिक सुन्दरतालाई अँझ विस्तृत तरिकाले नियाल्न र सौन्दर्यताको आभाष लिनको लागि राष्ट्रिय निकुञ्जहरुको स्थापना समेत भएका छन् । यी राष्ट्रिय निकुञ्जहरुमध्येको कर्णाली प्रदेशको सानको रुपमा चिनीने रारा राष्ट्रिय निकुञ्ज कर्णाली प्रदेशको उत्तरी क्षेत्रमा मुगु जिल्लामा अवस्थित छ । वि.सं. २०३३ मा स्थापना भएको यो राष्ट्रिय निकुञ्जको क्षेत्रफल १०६ वर्गकिलोमिटर रहेको छ । समुद्री सतहदेखि १८०० मिटर देखि ४०४८ मिटरसम्मको उचाईमा अवस्थित यो निकुञ्जमा डाँफे, कालिज, कस्तुरी मृग, थार, भालु, बँदेल आदि पाइन्छन् । यो निकुञ्ज क्षेत्रभित्र स्वर्गकी अप्सरा अर्थात् रारा ताल रहेको छ । जुन तालमा विश्वका अन्य ठाउँमा नपाइने दुर्लभ खालका माछाहरु पाइन्छन् ।
अतः बसन्त ऋतुको आगमन भएसँगै वन जंगलमा च्याउ, निउँरो, जलुको, बाँसको तामाजस्ता थरिथरीका सागपातहरू पलाउँने गर्दछन् । घाँस, दाउरा, सोत्तर संकलन गर्ने, वर्षायामका लागि जगेडामा राख्नलाई जम्मा गर्ने गर्दछन् । रमाइलो गर्ने ठाडीभाका गीतहरु पनि गाउँने प्रचलन यदाकता पनिछन् । आफ्नै पौरख पसिना खोलो जंगल माथि सबै देखि गौरव गरेका हुन्छन् । गर्मीमाचिसो पानी पिएरतिर्खा मेटाएका हुन्छन् । बसन्तको बहार सँगै फुलहरुमा विविधता छाएको छन् । कति उराठ लाग्दा डाँडाकाँडा न्याउली कोइलीले सुमधुर स्वर भरिरहेका छन् । कतिपय मनलाई बाँधिएका छन् । नयाँ वर्षमा बाह्र महिना बितेर जानुनै वितेकोवर्षको विदाई होइन भने नयाँ सम्भावना र नयाँ दृष्टि सङ्घर्षको लालित्यको प्रवेश सँगै नयाँ वर्ष हो । नयाँ आशा उत्साह र सकरात्मक सोच अवश्य हुने छ ।
लेखक डुङ्गेश्वर गाउँपालिका वडा नम्बर ५ निवासी हुनुहुन्छ ।
वसन्त ऋतुसँगै जंगलमा छरिएका सुगन्धहरु
वसन्त ऋतुसँगै जंगलमा छरिएका सुगन्धहरु

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु