सुर्खेत । वर्दियाको ठाकुरबाबा नगरपालिका २ की भुमिका अधिकारीको काधमा १२ जना परिवारको पालनपोषण गर्ने जिम्मेवारी छ ।
बृद्ध सासु ससुरा, अपाङ्गता भएका जेठाजु जेठानी अनि उहाका छोरा छोरी, आफ्ना छोराछोरी सबैलाई खाना, लत्ताकपडा अनि औषधीउपचारको भर भुमिकामै छ । उहाँसँग जागीर गर्नका लागी शैक्षिक योग्यता पो छैन तर आँट, साहस अनि मेहेनत भने टन्नै छ ।
उहाले १८ वटा खसीबाख्रा पाल्नुका साथै तरकारी र घाँस खेती गरिरहनुभएको छ । खसीबाख्रा विक्रिवितरणबाट उहाले मासिक १२÷१३ हजार फाइदा गराउने गरेको बताउनुहुन्छ । ‘मलाई घरबाट बाहिर निष्किन अनि नाम भन्न पनि डर लाग्थ्यो पहिला त, अहिले गाँउका दिदिबहिनी जम्मा गरेर समुह बनाई धेरै काम गरेका छौ’, भुमिकाले भन्निुभयो्, ‘हामीजस्ता घरभित्रै सिमित दिदिबहिनीलाई तालिम दिएर सक्षम बनाएकोमा धन्यवादको पात्र हेफर हो ।’
हेफरले आफुहरुलाई आयआर्जनमा जोड्न विभिन्न शिर्षको तालिम, खसी, बोका, बाख्रा, नमुना खोर, आधुनिक खोर र घाँसहरु निशुल्क उपलब्ध गराएर निकै गुन लगाएको उहाको भनाई छ । हरियाली स्वावलम्बी समुहको अध्यक्ष समेत रहेकी भुमिका सहित २१ जना रहेको समुहमा केहि नपाएका दिदिबहिनीलाई खसी बाख्रा उपहार दिने व्यवस्था छ ।
ज्ञान सिप तथा आर्थिक अवस्थाले जीविकोपार्जनमा समस्या भइरहेको समयमा विशेष गरेर महिला दिदीबहिनीको जीवनस्तर उकास्न हेफरले ठुलो योगदान पु¥याउँदै आएको हो । यसले किसानहरूलाई कृषि क्षेत्रमा तालिमदेखि बजारसम्मको व्यवस्था गरिदिँदै आएको छ । जसले गर्दा चुला चौकामा सीमित महिलाहरू अहिले आफ्नो खुट्टामा उभिन सक्षम भएका छन् ।
ठाकुरबाबा नगरपालिकाकै निर्मा चौधरीको फर्ममा जान चुना वा औषधीको धुलोमा टेकेर जानुपर्छ । कुखुरा र खसीबाख्रालाई बाहिरबाट आउने किटाणुले आक्रमण नगरोस् भन्नका लागी उनीहरुले यो उपाय अपनाएका हुन्, जुन कुरा हेफरबाट प्राप्त तालिमले उनीलाई सिकाएको हो । पहिला एकदुईवटा बाख्रा पालेका निर्मा र उनका श्रीमान् रमेशले अहिले व्यवसायिक रुपमै फर्म खोलेका छन् ।
‘हाम्रो फर्ममा ८८ वटा बाख्रा, ४ वटा खसी, लेस कुखुरा १ सय ५० र लोकल कुखुरा ४० वटा छन्’, निर्माले भन्नुभयो, ‘दैनिक ४ क्यारेट लेसको अण्डा १८ सय बराबरको विक्रि गरिरहेका छौ । अहिले हाम्रो मासीक आम्दानी ५४ हजार छ तर खर्च कटाएर २५ हजार १ सय बराबर बचत गरिरहेका छौ ।’
पाँच वर्ष साउदी अनि पाँच वर्ष मलेसीयामा विताएका निर्माका श्रीमान् रमेश भने अब विदेश नजाने निधो सहित व्यवसायमा जुटेका छन् । आफुलाई यसरी परिवारको साथमा दुख सुख गर्न र सिप मुलक तालिम दिने हेफरलाई उनी जीवनभर नविर्सिने बताउछन् ।
हेफरले परियोजना लागु भएको पालिकाका महिलाहरुलाई खसीबाख्रा पालन कसरी गर्ने, रोग संक्रमणबाट कसरी जोगाउने, खोर सरसफाई कसरी गर्ने, घाँसलाई कसरी जोगाउने र बन्यजन्तुबाट यी सबैलाई कसरी जोगाउने भनेर सिकाउदै आएको छ । बर्दिया जिल्लाको ठाकुरबाबा र बारबर्दिया नगरपालिकामा यो परियोजना सन्चालन भैरहेको छ । जसबाट १८ सय घरधुरी प्रत्यक्ष रुपमा लाभान्वीत भएका छन् ।
हेफरको परियोजना लागु भएको ठाकुरबाबाकै अर्को समुह हो उज्यालो स्वावलम्बन समुह, जुन समुहमा पनि २१ जना सदस्य छन् । सदस्य मध्यका ९ जनाले बाख्रा, ३ जनाले भैसी हेफरबाट पाएका छन् तर केहि नपाएका सदस्यलाई भने त्यहि बाख्राले पाएको सन्तान उपहार दिनुपर्ने नियम छ ।
समुहकी अध्यक्ष गिता थारुले हेफरले समाजमा रहेका दिदिबहिनीलाई आपसी मेलमिलाप कायम राख्न र महिलाहरुलाई आयआर्जनमा जोड्न निकै मद्धत गरेको सुनाउनुभयो । हेफरले विभिन्न समयमा समुहमा रहेका दिदिबहिनीलाई तालिम, खसी बाख्रा, नमुना खोर, आधुनिक खोर, कुखुरा, भैसी र घाँसका बेर्ना उपलब्ध गराउने गरेको छ ।
‘पहिला नुन तेल किन्न पनि श्रीमान्कै भर पर्ने हामी अहिले सजिलै आवश्यक बस्तु किन्न सक्ने भैसकेका छौ’, अध्यक्ष गिता भन्छिन्,‘पहिला गाँउकै दिदिबहिनीका कुरा गर्ने हामी अहिले परिवारका सदस्य भएका छौ । सिजन अनुसार धान रोप्न, काट्न गएर पैसा जम्मा गर्ने, विद्यालय सरसफाई गर्ने, खसीबाख्रा अनि कुखुरा पाल्ने र विक्रि गर्ने गरेर सक्षम भएका छौ ।’
‘बाख्रा धेरै पहिलादेखि थोरै मात्रामा पालन गरे पनि आम्दानी हुँदैन थियो । कसरी पाल्ने भन्ने जानकारी पनि हामीलाई थिएन’, तालिम लिएर व्यवसाय गर्दा धेरै फरक छ । अहिले त राम्रो आम्दानी भइरहेको छ ।’ गिताले भन्नुभयो ।
हेफरले सन् १९९३ मा चितवनको गितानगरमा बरुवा बाख्रापालनबाट परियोजना सुरु गरेको हो । २५ परिवारबाट सुरु भएको बाख्रा पालन अहिले १५ पुस्तामा पुगेको छ जसका कारण साना किसानको आयमा करिब दोब्बरले बृद्धि गर्न सफल भएको र वातावरण संरक्षण, महिला सशक्तिकरण, सामाजिक सद्भाव बलियो बनाउने महत्वपूर्ण योगदानपु¥याएको हेफरको दावी छ ।
विगत डेढ वर्षबाट लागु भएको परियोजनामा जोडिएर ४ सय ४७ जनाले विभिन्न किसिमका सहयोग प्राप्त गरिसकेका हेफरका परियोजना संयोजक यमबहादुर थापाले जानकारी दिनुभयो ।
उहाले अब छिटै मधुवन र गेरुवा नगरपालिकामा पनि परियोजना लागु गर्ने तयारी भएको बताउनुभयो । हेफरले यो परियोजनामा जोडिने महिलाहरुका लागी सिपमुलक तालिम, भ्रमण, भकारो सुधार, नमुना खोर, साधारण खोर, खसीबाख्रा, भैसी, घाँसको विउ वितरण गर्ने गरेको पनि संयोजक थापाले जानकारी दिनुभयो ।
‘हाम्रो परियोजनाबाट लाभ लिनुभएका महिला दिदिबहिनीहरुले यति राम्रो काम गर्नुभएको छ की उहाँहरु आर्थिक रुपमा सबल भैसक्नुभएको छ, केहि नभएपनि गर्न सक्ने आट र साँहस पनि बढेको छ’, उहाले भन्नुभयो, ‘ठाकुरबाबा नगरपालिकामा मात्रै ३२ वटा ३५ हजार बराबरको बोका, ८० हजार बराबरको ३ वटा क्रस राँगा, खसीबाख्रा, घाँसका विउ वितरण गरेका छौ ।’
कुनै समय बिहानदेखि राती अबेरसम्म चुलो चौकामा मात्रै सीमित हुने महिलाहरू हिजोआज समाज परिवर्तनमा अगुवाको भूमिका निर्वाह गर्न थालेका छन् । चेतनाको कमीका कारण महिलाहरूपछि पर्ने मात्रै नभएर घरायसी कामधन्दामा उनीहरू सीमित हुँदै आएका थिए । तर, जब हेफर इन्टरनेशलन नेपालले गाउँ–गाउँमा ज्ञान÷सिप र आर्थिक रूपमा अभिभावकत्वको भूमिका निर्वाह गर्न थाल्यो त्यहाँदेखि महिलाहरू पनि परिवर्तन हुन थाले । जसका कारण सामाजिक काममा अग्रसरता समेत उनीहरूले देखाउन थालेका छन् ।
यस्तै एउटा उदाहरण बनेको छ, ठाकुरबाबा नगरपालिका–२ मा रहेको हरियाली स्वावलम्बी समुहले दर्ता गरि सञ्चालनको तयारीमा रहेका ‘सामाजिक उद्यमी महिला सहकारी’ । पुरुषको मात्रै मुख ताक्ने परम्परा तोडेर महिलाहरूले सहकारी नै सञ्चालन गर्न लागेका छन् ।
जुन सहकारी पुरुषले नेतृत्व गरेको अन्य प्रकृतिका सहकारी भन्दा भिन्न हुनेछ । आफ्नै आर्थिक हैसियत मात्र नभई नेपालको अर्थतन्त्रमा योगदान पु¥याउँने लक्ष्य उनीहरूको छ ।सञ्चालनको प्रक्रियामा रहेको यस सहकारीले समुहमा रहेका महिला दिदिबहिनीलाई रोजगारी संगै बचत गर्ने र महिलाकै आर्थिक सशक्तिकरणका लागी ऋण पनि लगानी गर्ने योजना बनाएको समुहकी अध्यक्ष भुमिका अधिकारीले जानकारी दिनुभयो ।
‘हामी घरमै सिमित महिला यसरी सहकारी सञ्चालन गर्ने सम्म पुग्छौ मैले कहिल्यै कल्पना गरिन । हेफरको सहयोग देखी यति खुशी छौ जो शव्दमा व्यक्त गर्न सकिन्न’, भुमिकाले भन्नुभयो ।
हेफर इन्टरनेशनल नेपाल साना किसानको दिगो विकासमा सघाइरहेको अन्तर्राष्ट्रिय गैरसरकारी संस्था हो। यसले महिलाको उद्यमशिलता र महिला सशक्तिकरणका लागी सामाजिक पुँजी निर्माणमा जोड दिने र त्यसपछि केहि स्रोत उपहारको रुपमा दिने गरेको बर्दियाका परियोजना संयोजक थापाले बताएका छन् ।
आर्थिक विकास, समुन्नत जिविकोपार्जन र खाद्य तथा पोषण सुरक्षामा उल्लेखनीय काम गर्दै आएको संयोजक थापाको भनाई छ ।
उहाले यस परियोजनाले सामाजिक शसक्तिकरण र संस्थागत सुदृढिकरण तथा दिगो उत्पादन र व्यवस्थित बजार प्रणालीलाई मुख्य आधार मानेर काम गर्दै आएको संस्थाले ‘मूल्यमा आधारित सर्वाङ्गिण सामुदायिक विकास’ लक्ष्य प्राप्तिको लागि अघि बढिरहेकोमा पनि जोड् दिएका छन् ।
महिलाको आर्थीक सशक्तिकरणमा हेफरको साथ
महिलाको आर्थीक सशक्तिकरणमा हेफरको साथ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
