सुर्खेत । सुर्खेत वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १० बेलघारी मुस्लिम गाउँका खैरुन निशा मुस्लीम समुदायकी महिला हुनुहुन्छ । वहाँले मनासिक स्वास्थ्य समस्याको औषधि सेवन गर्न थाल्नुभएको झण्डै १५ वर्ष पुग्यो।आफु महिला स्वास्थ्य स्वयमसेविका हुँदा हुँदै पनि वहामा गहिरो मानसिक सवास्थ्य समस्या थियो। वहाँ भन्नुहुन्छ। “कोशिशमा जोडिनु भन्दा पहिला मैले औषधि त खाईरहेको थिए तर कुन समस्याको औषधि काईरहेको छु भन्ने समेत मलाई थाहा थिएन”।
वहाँ थप्दै भन्नुहुन्छ, “आफ्नो समस्या व्यक्त गरेपनि अरुले नपत्याउने, बाहिर देख्दा ठिकठाक देखिएपनि मनभित्र ठुलो समस्या भएको थियो” । आफुले कोशिशको साथिहरूलाई आफ्नो समस्या व्यक्त गर्दा समेत रुन मन लागेको वहाँ सम्झनुहुन्छ।
“मलाई के लाग्यो भने, मनोभावना बुझ्न सके मनोसामाजिक अवरोधको पहिलो समाधान त्यही रहेछ । खैरुन निशा भन्नुहुन्छ, अहिले म खुशी साथ काम गर्न सक्ने भएको छु।”
कोशिशको प्रयासबाट मनोसामाजिक अवरोधको समना गर्न सहज महसुसगर्नुभएको उहाँ अहिले मनोसामाजिक अपाङ्गता भएका व्यक्तिहरूद्वारा स्थापना गरिएको संस्था कोशिश सुर्खेतको अध्यक्ष हुनुहुन्छ। अहिले उहाँ आफै नै मनोसामाजिक अवरोध भएका व्यक्तीहरुको लागि काम गरिरहनुभएको छ । मनोसामाजिक अवरोध जसलाई पनि हुन सक्छ, उहाँ भन्नुहुन्छ, “धेरै व्यक्तीहरु आफ्नो समस्या गुम्स्याएर बस्ने गरेका हुन्छन्, हामी त्यस्ता व्यक्तीहरुलाई समाजको मुल प्रवाहामा ल्याउन कम्मर कसेर लागी परेका छौ”। मनोसामाजिक समस्या ठिक भए मात्रै समाज रुपान्तरण हुन सक्ने भन्दै उहाले सरकारले यो क्षेत्रलाई प्रथामिकता दिनुपर्ने सुझाव दिनुहुन्छ।
उहाँ केवल प्रतिनिधि पात्र मात्रै हुनुहुन्छ । कोशिशले स्थानीय र प्रदेश सरकारसँग मिलेर मनोसामाजिक अवरोधमा रहेका सुर्खेतका धेरै व्यक्तीहरुको जीवनमा परिवर्तन ल्याएको छ । यसलाई सानो रुपमा लिन नहुने भन्दै मानसिक स्वास्थ्य र मनोसामाजिक अपाङ्गताको क्षेत्रमा राज्यले प्रथामिकता दिएर योजना ल्याउनुपर्ने कोशिशका परियोजना अधिकृत सुर्यप्रसाद भट्टराई बताउनुहुन्छ । “पहिलो कुरा मानिस स्वस्थ भए समाज स्वस्थ हुन्छ।मानिस कोमनको अवरोध हटे समाजको रुपान्तरणमा सघाउ पुग्छ, त्यसकारणले सरकारले मनोसामाजिक समस्या समाधान गर्नेगरी योजना बनाउनुपर्छ, त्यसमा हामी सहयोगीको भुमीका निर्वाह गर्छौ।”
कर्णालीमा कोशिशको समाहित परियोजना मार्फत मनोसामाजिक अवरोधमा रहेका व्यक्तीहरुको मुल प्रवाहीकरण गर्ने काम गरिएको भट्टराईको भनाई छ । “विशेषगरी त्यस्तो समस्यामा रहेका व्यक्तीहरुले के चाहानुभएको छ, वहाँहरूको आवस्यकता अनुसार सहजिकरण गरिरहेका गर्छौ । खासगरी, हामीले यो क्षेत्रमा तिनवटा क्रियाकलापलाप जोड दिएका छौँ, पहिलो भनेको मनोसामाजिक अपाङ्गता सम्बन्धि सचेतना जगाउने, द्रोरो त्यस्ता व्यक्तीहरु पहिचान गर्ने, उनिहरुलाई परिचयपत्र र सरकारका सेवासुबिधाहरूमा पहुँचको लागी समन्वय गर्ने, र प्रदेश र स्थानिय तहका सरकारहरू संग मनोसामाजिक आपाङ्गता र मानसिक स्वास्थ्यका क्षेत्रमा रहेका विभेधयुक्त कानुनहरू हटाई उनिहरूलक्षित कार्यक्रमहरूमा प्रथामिकता दिन पहल गर्ने”
कर्णालीमा मनोसामाजिक अपाङ्गता भएका व्यक्तीहरु अहिले पनि खुल्न नसक्ने अवस्था रहेकोताउँदै
पछिल्लो समय धेरै व्यक्तीहरुले आफ्ना समस्या बाहिर ल्याउँदै गएको भन्दै उहाहरुकै सक्रियातामा कोशिश सुर्खेत दर्ता गरी गरेर अभियान नै चलाइएको उहाको भनाई छ ।
मनोसामाजिक अपाङ्गता क्षेत्रमा के छन सरकारका योजना ?
चुलोको सरकारको रुपमा चिनिने स्थानीय सरकारले पछाडी पारिएका वर्ग समुदायलाई अगाडी ल्याउन विशेष योजना ल्याउनुपर्छ । वीरेन्द्रनगर नगरपालिकाले मनोसामाजिक अपाङ्गता भएका व्यक्तीहरुलाई सामाजिक सुरक्षा कार्यक्रममा जोडेर नमुना काम गरेको बताउनुहुन्छ, नगरपालिका उपप्रमुख निलकण्ठ खनाल । खनाल भन्नुहुन्छ, “मनोसामाजिक अपाङ्गता भएका व्यक्तीहरुको लागि पहिलोपटक वीरेन्द्रनगर नगरपालिकाले सामाजिक सुरक्षामा जोडेको छ, स्वास्थ्य बिमामा जोड्नेदेखि आयआर्जनका कार्यक्रम गरिरहेका छौँ,”
नगरपालिकाले सबै प्रकारका अपाङ्गता भएका व्यक्तीहरुको पहिचान गरी आगामी बर्षदेखि आत्मनिर्भरमुखी कार्यक्रम संचालन गर्नेगरी योजना बनाइरहेको उहाले जानकारी दिनुभयो।
विशेषगरी मनोसामाजिक अपाङ्गता क्षेत्रमा काम गर्दै आएको कोशिश संस्थासँगको समन्वयमा मनोसामाजिक अपाङ्गता भएका व्यक्तीहरुको लागि विशेष खालका कार्यक्रम बनाएर काम गरिने उहाको भनाई छ । वीरेन्द्रनगर नगरपालिकाले नगरपालिकाभर पाँच जना मनो काउन्सिलर समेत नियुक्त गरि त्यस्ता समस्यामा रहेका व्यक्तीहरुको जीवनलाई सहज बनाउने काम गरिरहेको छ ।
यता, कर्णाली प्रदेश सरकारले पनि सबै प्रकारका अपाङ्गताको सवाललाई प्रथामिकता दिएर काम गरिरहेको बताएको छ ।
प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयका उपसचिव एवम सामाजिक विकास महाशाखा प्रमुख सुवर्ण खड्का अपाङ्गताको सवाललाई प्रदेश सरकारले उच्च प्रथामिकता राखेर काम गरिरहेको बताउनुहुन्छ, “हाम्रो प्रदेश स्तरिय अपाङ्गता समन्वय समिति रहेको छ, त्यही समिति मार्फ सबै प्रकारका अपाङ्गताको सवालहरु पहिचान गरेर योजना बनाउने र कार्यान्वयन गर्ने भइरहेको छ, हिजो मात्रै समितिको बैठक बसेर कर्णाली १४ वटा स्थानीय तहसँग साझेदारी गरेर काम गर्नेगरी योजना बनाउने निर्णय भएको छ,”
मनोसामाजिक अपाङ्गताको सवालमा पनि सरकारले विशेष खालका कार्यक्रम संचालन गर्नेगरी योजना बनाइरहेको प्रदेश स्तरिय पुनःस्थापना कार्यविधिअनुसार योजना बनाएर काम गर्ने योजनामा सरकार रहेको उहाको भनाई छ ।
“पछिल्लो समय मनोसामाजिक अवरोधहरु बढ्दो क्रममा छ, हामी यसलाई मध्यनजर गर्दै विशेष कार्यक्रम संचालन गर्नेगरी योजना बनाउने तयारीमा छौँ,”
