काठमाडौं– राष्ट्रिय फार्मेसी संघले स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानी प्रसाद खापुङसँग अस्पताल फार्मेसी निर्देशिका २०७८ संशोधनको माग गरेको छ ।
संघले स्वास्थ्य मन्त्री खापुङलाई विज्ञप्ति बुझाउँदै निर्देशिका संशोधनको माग गरेको हो। मन्त्री खापुङले निर्देशिका संशोधनको लागि आफुले सक्दो पहल गर्ने बताए । संशोधनका लागि मन्त्रिपरिषदको बैठकमा निर्देशिका लैजान समेत मन्त्री सकारात्मक देखिएको राष्ट्रिय स्वास्थ्यकर्मी महासंघका केन्द्रीय कमिटी सदस्य निरज बर्तौलाले बताए ।
उनले भने, ‘मन्त्री खापुङज्यू निर्देशिका संशोधनका लागि सकारात्मक हुनु हुन्छ । उहाँले निर्देशिका संशोधनका लागि पहल गर्ने र मन्त्रिपरिषदमा लैजान समेत तयार भएको बताउनु भएको छ ।’
सरकारले बिना जानकारी अस्पताल फार्मेसी सञ्चालन निर्देशिका २०७८ ल्याएको भन्दै त्यसको विरोध स्वरुप संघले संघर्ष समिति गठन समेत गरेको छ । २०७२ को निर्देशिकामा रहेका राम्रा प्रावधानलाई हटाउँदै सरकारले छापामार शैलीमा अस्पताल फार्मेसी निर्देशिका ल्याएको ल्याएको भन्दै संघले विरोध गरेको हो ।
फार्मेसी पेशालाई धरासायी बनाउन आफूखुशी र बिना जानकारी निर्देशिका ल्याएको संघले जनाएको छ ।
अस्पताल फार्मेसी निर्देशिका २०७८ संशोधन गर्न राष्ट्रिय फार्मेसी संघको माग
अस्पताल फार्मेसी निर्देशिका २०७८ संशोधन गर्न राष्ट्रिय फार्मेसी संघको माग

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु