काठमाडौं–भारतका पूर्वमन्त्री एवं राष्ट्रिय जनता दलका प्रमुख लालुप्रसाद यादवको स्वास्थ्य स्थिति गम्भीर भएको छ। पटनाको एक निजी अस्पतालमा उपचार गराइरहेका उनको स्थिति गम्भीर रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
घरमा सिढीँमा चिप्लिएर लडेपछि उनको काँधको हड्डी भाँचिएको छ। सोही कारण अहिले उनलाई अस्पताल भर्ना गरिएको छ। उनमा मल्टिअर्गन फेलियरको पनि आशंका गरिएको छ । जसका कारण उनको उपचारमा समेत समस्या देखिएको बताइएको छ ।
उनको मिर्गौलामा समस्या देखिएपछि लामो समय दिल्लीको एम्समा भर्ना गरिएको थियो। उनलाई आइसीयूमा राखिएको र डाक्टरहरुको टोली उपचारमा संलग्न रहेको जनाइएको छ। यादव स्वास्थ्य बिग्रेर आइतबार घरमा नै लडेपछि उनलाई पटनाको एक अस्पतालमा आईसीयूमा भर्ना गरिएको छ। उनकी छोरीले अस्पतालको कोठाबाट लालुका तस्बिरहरु ट्वीट गरेकी छन् ।
प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार लालूका छोरा तथा बिहार विधानसभामा प्रतिपक्षी दलका नेता तेजस्वी यादवलाई फोन गरेर बुवाको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्। एजेन्सी
सिढीँमा चिप्लिएर लडेपछि लालु यादवको अवस्था गम्भीर, आइसीयूमा भर्ना
सिढीँमा चिप्लिएर लडेपछि लालु यादवको अवस्था गम्भीर, आइसीयूमा भर्ना

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु