सुर्खेत, २७ असार । जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतले बिपद् हुन सक्ने महामारी रोकथामका लागि टिम बनाएको छ ।
मौसम सक्रिए भएसँगै जनस्वास्थ्य सेवाले विपदको बेला आउन सक्ने माहामारी रोकथामका लागि टिम नै बनाएको हो ।
सोमबार पत्रकारसँग अन्तरक्रिया कार्याक्रम गरेर यस्तो जानकारी दिइएको हो ।
टोली संयोजकमा कार्यालयका प्रमुख गणेशभक्त्त गौतम रहनुभएको छ । टोलीमा १२ सदस्यीय टिम रहेको र सुर्खेतका नौ वटै स्थानीय तहका स्वास्थ्य शाखा प्रमुख सदस्य रहेका छन् ।
सदस्यहरुमा अमरबहादुर राना, दयाराम पंगाली, संगिताकुमारी खड्का, घनबहादुर बुढा, उपेन्द्रबहादुर रेगामी, मेहेलकुना अस्पतालका डाक्टर सोजन सापकोटा, प्रथाकि स्वास्थ्य सेवा सालकोटका डाक्टर माधव पन्थी रहेका छन् ।
यस्तै, चिङ्गाड गाउँपालिकाका डाक्टर डाक्टर लक्ष्मण जिसी, नगर अस्पताल वीरेन्द्रनगरका डाक्टर अम्बु थापा र सदस्यहरुमा सुर्खेतका नौं वटै स्थानीय तहका स्वास्थ्य शाखा प्रमुखहरु रहेका छन् ।
सदस्य सचिवमा उदयबहादुर विसी र जनस्वास्थ्य सेवाले आमन्त्रित सदस्यमा डाक्टर बिद्वता भट्टराई र हेमन्त शाही रहेका छन् ।
यसैबिच, जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतबाट एक सय १० जना क्यान्सर पिडितहरुले १० हजारका दरले यातायात सुविधान लिएका छन ।
उनिहरुलाई यातायात सुविधा वापत एघार लाख रकम भुक्तानी गरिएको हो ।
विपदको बेला आउन सक्ने माहामारी रोकथामका लागि टिम खडा
विपदको बेला आउन सक्ने माहामारी रोकथामका लागि टिम खडा

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु