सुर्खेत, ११ साउन । नेपालमा थप ५ सय ६४ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
४ हजार ४ सय ५४ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ४१८ तथा एन्टिजेन विधिबाट १४६ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यता थप २०२ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै देशभर कूल सक्रिय सङ्क्रमितको सङ्ख्या ३ हजार ९२९ पुगेको छ । यही अवधिमा थप १ जना सङ्क्रमितको मृत्युसमेत भएको छ ।
पछिल्लो २४ घण्टामा १ लाख १ हजार ६ सय जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।
थप ५ सय ६४ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि
थप ५ सय ६४ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
