कठमाडौं । हालसम्म डेङ्गुका कारण देशभर ४४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनस¬ङ्ख्या मन्त्रालयका अनुसार गत साउनदेखि हालसम्म ३३ हजार नौ सय ७५ जनामा सो रोग सङ्क्रमण पुष्टि भएको छ । सातै प्रदेशका ७६ जिल्लामा डेङ्गु फैलिएको मन्त्रालयले जनाएको छ ।
यसैबिच, पछिल्लो २४ घण्टामा २७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । एक हजार पाँच सय ४६ नमूना परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । आज २६ कोरोना सङ्क्रमण मुक्त भएका छन् । सक्रिय सङ्क्रमितको सङ्ख्या ५ सय ६९ जनामा झरेको छ ।
डेङ्गु संक्रमणबाट मृत्यु हुनेको संख्या ४४ पुग्यो
डेङ्गु संक्रमणबाट मृत्यु हुनेको संख्या ४४ पुग्यो

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु